Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, महोत्तरी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, महोत्तरी

बुधबार, असार ३१, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

अनुगमन निरिक्षण

२०७९-०४-०२ २०७९-०४-०२

IMG_20220718_WA0003.jpg तस्बिर :

आज मिति २०७९ साल श्रावण 2 गते सोमबारका दिन अरुण तेस्रो जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण कार्य अन्तर्गत टावर प्याड निर्माण र तार टाङ्गने कार्यमा भएको अवरोध को स्थलगत रुपमा अनुगमन गरियो । अनुगमनका क्रममा सरोकारवालाहरुका गुनासा सुन्नु का साथै आवश्यक छलफल समेत गरियो । सो क्रममा उक्त आयोजना रामकृ रंगको आयोजना भएको र Alignment निर्धारण गर्दा कसैलाई पनि मार्का पर्ने गरी नियतवश नगरिएकोले आयोजना निर्माणमा अवरोध नगर्न र तोकिएको मुआब्जा र क्षतिपूर्ति नियमानुसार लिन अनुरोध  गरियो । छलफल पश्चात आयोजना निर्माणमा भएको अवरोध हट्ने विश्वास गरियो ।

त्यसैगरी आजै भंगहा नगरपालिका वडा नम्बर ६ को हतिसर्वामा रातु नदीले गरेको कटानको र सम्भावित जोखिमको समेत स्थलगत अनुगमन गरियो ।अनुगमन पश्चात सम्भावित जोखिम न्यूनीकरणका लागि कटान नियन्त्रण गर्न आवश्यक कार्य गर्न जनताको तटबन्ध फिल्ड कार्यालय महोत्तरी लाई जोखिम स्थल बाटै निर्देशन दिइयो साथै जोखिम न्यूनिकरणका लागि तत्काल नियन्त्रणका आवश्यक कार्य गराउने गरी निर्देशन हुन जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक श्री सुशीलचन्द्र आचार्यलाई समेत अनुरोध गरियो ।

अनुगमनमा प्रमुख जिल्ला अधिकारी श्री बासुदेव दाहाल भंगाहा नगरपालिकाका नगर प्रमुख श्री संजिव कुमार साह, सहायक प्रमुख जिल्ला अधिकारी श्री उपेन्द्र न्यौपाने, सशस्त्र प्रहरी उपरीक्षक श्री दीपेन्द्र गिरी, भँगहा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष श्री राजिशरण यादब तथा यस SAPDC का चन्दन मेहता लगायत अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो  ।

 

पछिल्लो अपडेट गरिएको : 2083-03-22 15:46:42

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, महोत्तरी