2076-05-12
2076-05-12
यस जिल्लाको नामाकरणको सन्दर्भ खोजी गर्दा प्राचीन इतिहासअनुसार नेपाल एकीकरण हुनुभन्दा अगाडि यो मिथिला प्रदेशको एक स्वतन्त्र राज्य थियो । त्यसै समयमा "महोदरी" नामक एक ब्राह्मणले ५० बिघा जग्गामा एक विशाल पोखरी निर्माण गरी आफ्नो नामबाट उक्त पोखरीको नामाकरण गराएका थिए। समयान्तरमा महोदरी शब्दको अपभ्रंश हुँदै महोत्तरी हुन गएको जनविश्वास छ ।
२०७८ को जनगणना अनुसार यस जिल्लामा ३,४९,१५९ पुरुष र महिला ३,५७,८३५ महिला गरी कुल ७,०६,९९४ रहेको छ । लैङ्गिक अनुपात ९७.५८ रहेको यस जिल्लामा जम्मा घरधुरी संख्या १,३७,९०२ छ । यस जिल्लाको साक्षरता दर ५९.८ प्रतिशत रहेको छ जसमध्ये पुरुषको साक्षरता प्रतिशत ६८.४ र महिलाको ५१.५ प्रतिशत रहेको छ । ७०६ प्रति वर्ग कि.मी. जनघनत्व रहेको यस जिल्लाको औसत घरधुरी सदस्य संख्या ५.६४ रहेको छ । हिन्दु र मुस्लिम धर्मालम्बीको बाहुल्यता रहेको यस जिल्लामा धेरै-थोरै गरी ९२ जातजातीको वसोवास रहेको पाइन्छ । यस जिल्लामा बोलिने मुख्य मातृभाषाहरु मैथिली (८०.७४%), उर्दु (७.२६%), नेपाली (५.५७%), मगर (१.९४%), तामाङ (१.४%) हुन् ।
भौगोलिक हिसाबले यस जिल्लालाई उत्तरतर्फ रहेको पत्रेदार चुरेभावर क्षेत्र (१४%), दक्षिणमा तराइको समथर मैदान (८४ %) ओगट्ने गरी जम्मा २ भागमा बाँड्न सकिन्छ।
महोत्तरी जिल्लामा रहेका धार्मिक तथा प्राकृतिक सम्पदाहरू
यस जिल्लामा जलेश्वरनाथ महादेव मन्दिर, मटिहानी मठ, टुटेश्वरनाथ मन्दिर, पडौल स्थान, सोनामाईस्थान, पञ्चधुरा माइस्थान, गेरुवास्थान, मंगलनाथ महादेव मन्दिर, कञ्चनवन, ध्रुवकुण्ड जस्ता प्रसिद्ध धार्मिक स्थलहरु रहेका छन् । त्यस्तै मुस्लिम समुदायको रौजा मजार पनि प्रसिद्ध स्थल हो ।त्यसै गरी यस जिल्ला भएर बग्ने मुख्य खोलाहरु रातु, मरहा, जँघा, बाँके, बिग्ही, भब्सी, अँकुसी आदी हुन् । डुबान यस जिल्लाको एक मुख्य समस्या हो ।
महोत्तरी जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ वटा, प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र – ८ वटा रहेका छन ।त्यसैगरी १५ वटा स्थानियतहहरू रहेका छन । जसमा १० वटा नगरपालिका वटा र ५ वटा गाउँपालिका रहेका छन् । स्थानिय तहहरूको विस्तृत विवरण तल उल्लेख गरिएको छ ।
महोत्तरी जिल्लामा रहेका स्थानीय तहको विवरण
|
क्र.सं. |
स्थानीय तहको नाम |
समावेश गाविस / नगरपालिका |
वडा संख्या |
|---|---|---|---|
|
१ |
जलेश्वर नगरपालिका |
जलेश्वर नगरपालिका, पर्सापटौली, नैन्ही, पिगौना गा.वि.स. |
१२ |
|
२ |
बर्दिबास नगरपालिका |
बर्दिबास नगरपालिका, हाथिलेट, खयरमारा, पशुपतिनगर र विजलपुरा गा.वि.स. |
१४ |
|
३ |
गौशाला नगरपालिका |
गौशाला नगरपालिका, बेलगाँछी, लक्ष्मीनिया, भरतपुर र फुल्काहा गा.वि.स. |
१२ |
|
४ |
लोहरपट्टी नगरपालिका |
लोहरपट्टी, बगडाहा, खुटापिप्राडी, भ्रमरपुरा र महदैया तपनपुर गा.वि.स. |
९ |
|
५ |
रामगोपालपुर नगरपालिका |
रामगोपालपुर, बासविट्टि, सहसौला र खोपी (१,६-९) गा.वि.स. |
९ |
|
६ |
मनरा शिसवा नगरपालिका |
मनरा, ईटहर्वाकट्टी, सोनौल, सांढा, सरपल्लो, बथनाहा र शिसवाकटैया गा.वि.स. |
१० |
|
७ |
मटिहानी नगरपालिका |
मटिहानी, धिरापुर, मझौरा विसनपुर र सिमरदही गा.वि.स. |
९ |
|
८ |
भँगहा नगरपालिका |
भँगाहा, हातीसरवा, सिंग्याही, मेघनाथ गोरहन्नाह, धरमपुर र हरियारपुर हरिनमरीन गा.वि.स. |
९ |
|
९ |
बलवा नगरपालिका |
बलवा, पडौल, बदिया बञ्चौरी, बनौटा र धमौरा गा.वि.स. |
११ |
|
१० |
औरही नगरपालिका |
औरही, श्रीपुर, सोनामाई र खोपी (२-५) गा.वि.स. |
९ |
|
११ |
एकडारा गाउँपालिका |
एकडारा, भटौलीया, हलखोरी र कोल्हवा गा.वि.स. |
६ |
|
१२ |
सोनमा गाउँपालिका |
सोनमा, रघुनाथपुर, खैरबन्नी र सुन्दरपुर गा.वि.स. |
८ |
|
१३ |
साम्सी गाउँपालिका |
साम्सी, पर्सादेवाड, बैरगिया लक्ष्मीनिया, गैढाभेटपुर र पोखरभिण्डा संग्रामपुर गा.वि.स. |
७ |
|
१४ |
महोत्तरी गाउँपालिका |
महोत्तरी, गोनरपुरा र डाम्हीमरै गा.वि.स |
६ |
|
१५ |
पिपरा गाउँपालिका |
पिपरा, सहोडवा, बनौली दनौली, रतौली र एकरहिया गा.वि.स. |
७ |
|
जम्मा |
१३८ |
|
केन्द्रः साविक जलेश्वर नगरपालिकाको कार्यालय जनसंख्याः ५८५४९ क्षेत्रफलः ४४.७२(वर्ग कि.मि.) वडा संख्याः १२
|
केन्द्रः साविक बर्दिबास नगरपालिकाको कार्यालय जनसंख्याः ६६३५८ क्षेत्रफलः ३१५.५७ (वर्ग कि.मि.) वडा संख्याः १४
|
केन्द्रः साविक गौशाला नगरपालिकाको कार्यालय जनसंख्याः ६५६७३ क्षेत्रफलः १४४.७३ (वर्ग कि.मि.) वडा संख्याः १२
|
|
केन्द्रः साविक लोहरपट्टी गा.वि.स.को कार्यालय जनसंख्याः ४५,७७३ क्षेत्रफलः५०.०८(वर्ग कि.मि.) वडा संख्याः ९
|
केन्द्रः साविक रामगोपालपुर गा.वि.स.को कार्यालय क्षेत्रफलः ३९.५४ (वर्ग कि.मि.) वडा संख्याः ९
|
केन्द्रः साविक मनरा गा.वि.स.को कार्यालय जनसङ्ख्याः ५२१९१ क्षेत्रफलः ४९.७२(वर्ग कि.मि.) वडा संख्याः १०
|
|
केन्द्रः साविक धिरापुर गा.वि.स.को कार्यालय जनसङ्ख्याः ३६१३६ क्षेत्रफलः २९.०३(वर्ग कि.मि.) वडा संख्याः ९
|
८ भँगाहा नगरपालिका सिमाना :- पूर्व :- धनुषा जिल्ला बटेश्वर गाउपालिका पश्चिम :- औरही नगरपालिका र रामगोपालपुर नगरपालिका उतर :- बर्दिबास नगरपालिका र धनुषा जिल्ला बटेश्वर गाउपालिका दक्षिण :- लोहारपट्टी नगरपालिका र बलबा नगरपालिका केन्द्रः साविक भँगाहा गा.वि.स.को कार्यालय जनसङ्ख्याः ५५,३५४ क्षेत्रफलः ७७.२(वर्ग कि.मि.) वडा संख्याः ९
|
केन्द्रः साविक बलवा गा.वि.स.को कार्यालय जनसङ्ख्याः ४९४७३ क्षेत्रफलः ४४.०८(वर्ग कि.मि.) वडा संख्याः ११
|
|
केन्द्रः साविक औरही गा.वि.स.को कार्यालय जनसङ्ख्याः ३७३६१ क्षेत्रफलः ३५.७६ (वर्ग कि.मि.) वडा संख्याः ९
|
केन्द्रः साविक एकडारा गा.वि.स.को कार्यालय जनसङ्ख्याः ३१७७० क्षेत्रफलः २३.९९(वर्ग कि.मि.) वडा संख्याः ८
|
१२ सोनमा गाउँपालिका केन्द्रः साविक सोनमा गा.वि.स.को कार्यालय जनसङ्ख्याः ४३०८२ क्षेत्रफलः ५७.७७ (वर्ग कि.मि.) वडा संख्याः ८
|
|
केन्द्रः साविक साम्सी गा.वि.स.को कार्यालय क्षेत्रफलः २१.५८ (वर्ग कि.मि.) वडा संख्याः ७
|
१४ महोत्तरी गाउँपालिका केन्द्रः साविक महोत्तरी गा.वि.स.को कार्यालय जनसङ्ख्याः २८८०७ क्षेत्रफलः २८.०८ (वर्ग कि.मि.) वडा संख्याः ६
|
केन्द्रः साविक पिपरा गा.वि.स.को कार्यालय जनसङ्ख्याः ४०५३५ क्षेत्रफलः ३९.९७८(वर्ग कि.मि.) वडा संख्याः ७
|
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, महोत्तरी .